खेल


साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको पहिलो बराबरी

साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको पहिलो बराबरी

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १९:३२, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो।

अघिल्ला संस्करणमा भुटानमाथि हावी हुँदै आएको नेपाल आजको खेलमा भने गोलका लागि निकै संर्घष गरेपनि सफलता पाउन भने सकेन।

नेपाललाई बराबरीमा रोकेको भुटानले घरेलु टोलीसँग अंक खोस्न सफल भएको छ। बराबरी सँगै नेपाल र भुटानले समान एक् अंक बाँडे।

साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो। सन् २०१४ बाट एकै समूहमा पर्दै आएका छन्।

पछिल्लो पटक घरेलु मैदानमा नै भएको भेटमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित दर्ता गरेको थियो। यस्तै २०१९ मा नेपालले भुटानमाथि ३–० को जित निकालेको थियो। सन् २०१६ र २०१४ मा नेपालले ८–० को फराकिलो जित निकालेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबारको दोस्रो खेलमा नेपालले सुरुवातदेखि नै भुटानलाई दबाबमा राखेपनि फिनिसिङ लाइन भने कमजोर देखियो।

भुटानविरुद्धको खेलमा टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाको अभाव खड्कीएको थियो।

खेलको दोस्रो हाफमा मिडफिल्डर सरु लिम्बुको स्थान लिदै मैदान छिरेकी रेखा पौडेलले पाएको अवसरलाई सदुपयोग गर्न सकिनन्।

खेलको ५९ औँ मिनेटमा सविता रानामगरले डिबक्स नजिकबाट गरेको प्रहार भुटानकी गोलरक्षकले सहजै जोगाइन्।

खेलको ५२ औँ मिनेटमा दिपा शाहीको कर्नरमा रेखा पौडेको प्रहार भुटानकी डिफेन्डर जमयाङ छोदेनले गोललाईनबाट क्लीयर गरिन्। लगत्तै रेखा पौडेलको प्रहार पनि विफल पारिन्।

खेलको ८४ औँ मिनेटमा सविताको प्रहार भुटानकी गोलरक्षकले पन्च गर्दै जोगाइन्। खेलको ५६ औँ मिनेटमा प्रिती राईको प्रहार भुटानकी गोलरक्षकले जोगाईन्।

पहिलो हाफको १३ औँ मिनेटमा रश्मी कुमारी घिसिङ आक्रमणमा ढिलाइ गर्न पुगिन्। १७ औँ मिनेटमा सविता रानामगरको क्रसमा प्रिती राईको फितलो प्रहार सेकेण्डबारको नजिकबाट बाहिरियो।

२४ औँ मिनेटमा रश्मी कुमारी घिसिङको प्रहार क्रसबमाथिबाट आकाशियो। २६ औँ मिनेटमा सरु लिम्बुको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो।

खेलको ४० औँ मिनेटमा भुटानको बलियो डिफेन्स लाईन नेपालका खेलाडीले तोड्न सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad