साफ महिला च्याम्पियनसिप अन्तर्गत आज शुक्रबार दुई खेल हुँदैछन्। घरेलु मैदानमा बिहीबार देखि सुरु च्याम्पियनसिपमा शुक्रबार समूह ‘बी’ का दुई खेल हुनेछन्।
पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन्। सो खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ।
शुक्रबारै हुने दोस्रो खेलमा भने घरेलु टोली नेपाल र भुटान खेल्ने तालिका छ। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
साफ महिला च्याम्पियनसिपः नेपाललाई रजतको इतिहासबाट माथि उठ्ने अवसर
बिहिबार देखि सुरु च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानमाथि ५–२ को फराकिलो जित दर्ता गरेको हो।
पाँच पटकको च्याम्पियन भारत अघिल्लो संस्करण नेपालमा नै भएको च्याम्पियनसिपमा घरेलु टोलीसँग पराजित हुँदै सेमिफाइनलबाट नै बाहिरिएको थियो।
258
Shares

प्रतिक्रिया