खेल


साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार ६:५६, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज (बिहीबार) भारत र पाकिस्तान भिड्दैछन्। 

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजेपछि सुरु हुनेछ। साफको पहिलो दिन आज एक खेल मात्र हुनेछ। 

भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा साविक विजेता बंगलादेश पनि छ। 

साफको सर्वाधिक सफल टोली भारत उपाधि दाबेदार टोली हो। अघिल्लो संस्करण नेपालमा नै भएको साफमा भारत घरेलु टोलीसँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो। यद्यपी यो पटक भारत उपाधि जित्ने लक्ष्यका साथ थप बलियो भएर आएको छ। 

अनुभवी खेलाडी टोलीमा फर्कदा भारतीय टोली अझ बलियो भएको प्रशिक्षक सन्तोष कश्यपले बताएका छन्। कश्यपले पहिलो पटक महिला टोली सम्हाल्दैछन्। तर आफ्नो योजना र रणनीतिमा अनुभवी टोलीले राम्रो प्रर्दशन गर्ने उनको विश्वास छ। अघिल्लो संस्कणको नतिजालाई बिर्सेर यो पटक सुखद सुरुवात गर्ने योजानमा भारतीय टोली छ। 

सिनियर र जुनियर खेलाडीको मिश्रणले भारतीय टोली बलियो बनेको कप्तान आशालता देवीले बताइन्। यसअघि युवा खेलाडीको साथमा रहेकाले नतिजा सोचेजस्तो नआएकाले यो पटक अनुभवी खेलाडीको साथमा पहिला गर्न नसकेको काम फेरि गरेर देखाउने उनको भनाई छ। 

उता अघिल्लो संस्करणको साफबाट अन्तराष्ट्रिय फुटबलमा पुनरागमन गरेको पाकिस्तान पनि अझ शसक्त बनेको छ। त्यसैले पाकिस्तानी टोली भारतलाई सजिलै नतिजा सुम्पने पक्षमा छैन। युवा खेलाडीको साथमा आएको पाकिस्तानी टोली यो पटक प्रर्दशनसँगै नतिजामा ध्यान दिने योजनामा छ।

फिफाले पाकिस्तानी फुटबल टोलीलाई ८ वर्ष प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धकाबीच पनि पाकिस्तानी महिला फुटबलर विदेशी लिगमा व्यस्त रहे। 

जसका कारण विदेशी लिगको अनुभव उनीहरुले साफमा प्रयोग गरेका थिए। तर यो पटक भने अझ राम्रो प्रर्दशन गर्नेमा कप्तान मारिया खान आशावादी छन्। 

नयाँ खेलाडीको साथमा आएको पाकिस्तान च्याम्पियनसिपमा सुखद सुरुवात गर्ने योजनामा छ। साफ च्याम्पियनसिपको समूह चरणको खेलका लागि साधारणतर्फ ३ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ रुपैयाँ टिकट दर तोकिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad