नेसन्स लिग फुटबलमा फ्रान्सले बेल्जियमलाई घरेलु मैदानमै पराजित गरेको छ।
सोमबार राति भएको खेलमा फ्रान्सलाई जिताउन दुवै गोल कोलो मुआनीले गरे। यता बेल्जियमले भनजे प्राप्त पेनाल्टिलाई पनि सदुपयोग गर्न सकेन।
२३ औँ मिनेटमा बेल्जियमका कप्तान युरी टिलेम्यान्सले अग्रता लिने मौका गुमाएपछि ३५ औँ मिनेटमा फ्रान्सले पेनाल्टिमै गोल गर्दै अग्रता बनाएको थियो। तर पहिलो हाफको अतिरिक्त समयमा लोइस ओपेन्डाले बेल्जियमलाई बराबरीमा फर्काए।
६२ औँ मिनेटमा कोलो मुआनीले दोस्रो गोल गर्दै टोलिलाई जित दिलाए।
फ्रान्सका मिडफिल्डर चुआमेनीले ७६ औँ मिनेटमा रेडकार्ड खाँदै मैदानबाट बाहिरिए पनि बेल्जियम खेलमा फर्किन सकेन।
१० खेलाडीमा सिमित फ्रान्सससँगको यो हारले फ्रान्सलाई अघिल्लो चरणमा पुग्न समेत कठिन भएको छ। लिग ए को समूह २ मा इटली १० अंकसहित शीर्षस्थानमा छ।
फ्रान्स समान ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा हुँदा बेल्जियमको ४ अंक र इजरायल अंकविहीन छ।
Shares

प्रतिक्रिया