खेल


दसैँमा पनि क्रिकेट रङ्गशाला निर्माण धमाधम, दैनिक दुई सत्रमा काम

दसैँमा पनि क्रिकेट रङ्गशाला निर्माण धमाधम, दैनिक दुई सत्रमा काम

फाइल फोटो


नेपालखबर
असोज २७, २०८१ आइतबार १८:५९, चितवन

चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ। रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन। हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ।

भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो। धुर्मुश–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो।

‘हिमालयन कालिञ्चोक बीबीआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ। मैदानको माथिल्लो तह फालेर काम थालिएको छ।

बीबीआर जेभीले गत साउनमा निर्माणकार्य सुरु गरेको हो। विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन्। रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन्।

रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ। चाडपर्वमा समेत  काम नरोकिने प्रमुख दाहालले बताइन्। काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इन्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad