अक्टोबर १६ मा सुरु हुने भारत-न्युजिल्यान्ड टेस्ट सिरिजका लागि १५ सदस्यीय भारतीय टोलीको घोषणा गरिएको छ।
टोलीमा दुई विकेटकिपर ऋषभ पन्त र ध्रुव जुरेलले स्थान पाएका छन्। जसप्रित बुमराह उपकप्तानको भूमिकामा देखिनेछन्।
सिरिजको पहिलो खेल अक्टोबर १६ देखि २० सम्म बैंगलोरमा हुनेछ।
दोस्रो खेल अक्टोबर २४ देखि २८ सम्म पुणेमा हुनेछ।
तेस्रो खेल नोभेम्बर १ देखि ५ सम्म मुम्बईमा हुनेछ।
भारतीय टोलीः रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, आकाश दीप।
423
Shares

प्रतिक्रिया