खेल


खेलाडीलाई उपचार खर्च

खेलाडीलाई उपचार खर्च

नेपालखबर
असोज २१, २०८१ सोमबार १३:०, काठमाडौँ

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ।

सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको हो।

सिद्धिकी सडक दुर्घटना परी घाइते भएका थिए। विपिनको मिर्गौलामा समस्या छ।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

सो अवसरमा कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का उप निर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad