समाज


काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

नेपालखबर
असोज २१, २०८१ सोमबार १३:१, काठमाडौँ

काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका-१५ सितापाइला सोल्टीदोबाटो चोकमा बा.प्र.०१-००२ ज ६७७० नम्बरको गाडीले बा.४४ प ५९०१ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो। 

ठक्करबाट मोटरसाइकलमा सवार काभ्रेको पनौती घर भएका ३० वर्षीय नविन परियारको मृत्यु भएको छ प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad