ad ad

खेल


महिला टी-२० विश्वकप: न्युजिल्यान्डसँग ५८ रनले हार्‍यो भारत

महिला टी-२० विश्वकप: न्युजिल्यान्डसँग ५८ रनले हार्‍यो भारत

नेपालखबर
असोज १९, २०८१ शनिबार ७:८, काठमाडौँ

महिला टी-२० विश्वकप क्रिकेटमा शुक्रबार न्युजिल्यान्डले भारतलाई ५८ रनले हराएको छ।

दुबईको दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले भारतलाई १६१ रनको लक्ष्य दिएको थियो, जसको जवाफमा भारत १०२ रनमा सीमित भयो।

भारतका लागि कप्तान हरमनप्रीत कौरले सर्वाधिक १५ रन बनाएकी थिइन्। कुनै पनि खेलाडीले एक्लै २० रन पनि बनाउन सकेनन्।

न्युजिल्यान्डका लागि रोजमेरी मेयरले सर्वाधिक ४ विकेट लिइन्।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले कप्तान सोफी डिभिनले ५७ रनको सहयोगमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो।

भारतका तर्फबाट रेणुका सिंहले २, अरुन्धती रेड्डी र शोभना आशाले १र१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .