ad ad

खेल


ओमानविरुद्ध नेपालको खराब ब्याटिङ

ओमानविरुद्ध नेपालको खराब ब्याटिङ

नेपालखबर
असोज २, २०८१ बुधबार २१:४८, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ।

जारी खेलमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १४ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ३२ रन बनाएर खेलिरहेको छ।

क्रिजमा कप्तान रोहित पौडेल २ र आरिफ शेख १ रनमा अविजित छन्।

नेपालले पहिलो विकेटका रुपमा ओपनर अर्जुन साउदलाई चौथो ओभरको पहिलो बलमा गुमाएको हो ओपनर साउद १२ बलमा १ चौका सहयोगमा ५ रन बनाउँदा करिमुल्लाहको बलमा फयाजको हातबाट क्याच आउट हुन पुगे।

दोस्रो विकेटका रुपमा नेपालले अर्का अ‍ोपनर आशिफ शेखलाई गुमाएको छ। २८ बलमा २ चौका सहयोगमा ११ रन बनाएका आशिफ सोहेब खानको बलमा कश्यप प्रजापतिको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

भिम सार्की ११ रन बनाउँदै क्याच आउट भए।

नेपालका तिनै ब्याटर लामो सट खेल्ने धुनमा क्याच आउट भए।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले अघिल्लो खेलबाट आजको टोलीमा ३ खेलाडी परिवर्तन गरेका छन्।

ओपनर कुशल भुर्तेल, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरि आजको खेलमा बेन्चमा छन्। ओमानविरुद्ध अर्जुन साउद, अनिल कुमार शाह र आशिफ शेखले सुरुवाती ११ मा स्थान बनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .