ad ad

खेल


एपीएफलाई पराजित गर्दै झापा–११ आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

एपीएफलाई पराजित गर्दै झापा–११ आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १२:५०,

सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा–११ फुटबल क्लब, पोखरामा जारी आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा शुक्रबार भएको प्रि–क्वार्टरफाइनलमा झापा–११ ले टाइब्रेकरमा ५–३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटमा कुनै पनि गोल भएन। अतिरिक्त समयमा समेत १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

झापाका लागि अतिरिक्त समयको दोस्रो हाफमा सुनिल खड्काले विजयी गोल गरे। उनले २१औं मिनेटमा गरेको भली प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउन सकेनन्। सुनिलले अभिषेक गुरुङको क्रसलाई पहिलो टचमा नै पेनाल्टी क्षेत्रभित्र गोलमा परिणत गरे।

अतिरिक्त समयको अन्तिम मिनेटमा एपीएफले बराबरी गोल फर्कायो। प्रविन स्याङ्तानको क्रसमा आकाश बुढामगरको हेडर क्रसबारमा लाग्दै मैदानमा फर्कंदा झापाका गोलरक्षक राजकुमार लिम्बुले बचाउन खोज्दा गोलमा परिणत भयो।

सेमिफाइनल प्रवेशका लागि झापा–११ ले आइतबार मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा शनिबार नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .