ad ad

कारोबार


कोरोनाबाट बच्न होटल आनन्दको सरसफाइ कार्यक्रम

कोरोनाबाट बच्न होटल आनन्दको सरसफाइ कार्यक्रम

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १३:१,

नोवल कोरोना भाइरसको कारण सम्पूर्ण विश्वमा नै सन्त्रास फैलिएको अवस्थामा काठमाडौंको तिलगंगास्थित एक होटलले कोरोनाबाट बच्न सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। शुक्रवार होटल ‘आनन्द पशुपति’ टिमले उक्त क्षेत्र वरपर सरसफाइका साथसाथै हरियाली कायम गर्न वृक्षरोपण समेत गर्दै आएको छ।

द पिक हस्पिटालिटी म्यानेजमेन्टद्वारा होटल ‘आनन्द पशुपति’ले सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो । आगामी नयाँ वर्षबाट सञ्चालनको तयारीमा रहेको यस होटलले यो सँगसँगै विभिन्न सामाजिक जागरणका कार्यक्रम समेत सञ्चालन गर्दै जाने तयारी रहेको छ।

शुद्ध शाकाहारी खाना पाइने होटलमा मदिरा सेवन भने प्रतिबन्ध नै गरिएको छ। नेपालभर नै हस्पिटालिटी क्षेत्रमा काम गर्ने उद्देश्य बोकेको पिकको यो होटल संचालन प्रयास एक फरक प्रयोग हो । मुख्य त भारतीय तिर्थ यात्रुलाई लक्षित गरेर संचालन गर्न लागिको होटलले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव छोड्नेछ ।

करिव ८० कोठा उपलब्ध हुने होटलमा नर्मल देखि स्विट्स सम्मको व्यवस्था गरिने छ । शाकाहारी भन्न साथ खानेकुराको ’अप्सन’ हुदैन भन्नेहरुको लागि यो होटल एक उदाहरणको रुपमा रहनेछ।

रोजगार सिर्जना गर्दै समुदायसंग मिलेर स्वावलम्बनका कामहरु समेत गर्दै लगिने तयारी समेत रहेको पीकका संचालक विवेक विष्टले बताए ।

पहिलो कार्यक्रमको रुपमा वाग्मती किनार सफा गरेको टिमले बिस्तारै जनचेतना मुलक कार्यक्रम संचालन गर्ने तथा सामाजिक काम गर्ने तयारी गरिरहेको छ । होटलले पन्चामृत नामक रेस्टुरेन्ट समेत संचालन गरी शुद्ध शाहाकारी भोजन गराउने छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .