ad ad

खेल


नारायणकाजीद्वारा सर्लाहीमा फुटबल प्रतियोगिताको उद्घाटन

नारायणकाजीद्वारा सर्लाहीमा फुटबल प्रतियोगिताको उद्घाटन

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ३:५२,

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) राष्ट्रिय सभामा सपथग्रहण लगत्तै सर्लाही पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका छन्।

बुधबार सपथग्रहण लगत्तै सर्लाही गएका श्रेष्ठ बागमती नगरपालिकाले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएर बिहीबार काठमाडौँ फर्किएका हुन्।

त्यसक्रममा उनले बागमती नगरपालिकाले आयोजना गरेको राजर्षी जनक फुटबल प्रतियोगिताको उद्घान गर्नुका साथै विभिन्न विकास निर्माणका कामका अवलोकन गरेका नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

कार्यक्रममा श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती लगायत पनि सहभागी थिए।

नेता श्रेष्ठले बागमती नगरपालिकाको चुरे क्षेत्रमा निर्माण भएको लिफ्टिङ खानेपानी आयोजनाको पनि उद्घाटन गरेका छन्।

आयोजना निर्माणपछि बागमती नगरपालिका १ को चुरे क्षेत्रका आठ सय परिवारमा खानेपानीको अभाव अन्त्य भएको मेयर भरत थापाले जानकारी दिए।

नेता श्रेष्ठले महेन्द्र जनतामावि कर्मैया, नव जन जागर मावि शंकरपुर, जनता मावि राजघाटमा सञ्चालित प्राविधिक शिक्षालयको पनि अवलोकन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .