ad ad

खेल


आफ्नै प्रेमीले पेट्रोल खन्याएर आगो लगाउँदा ओलम्पिक खेलाडी रेबेका चेप्टेगीको मृत्यु

आफ्नै प्रेमीले पेट्रोल खन्याएर आगो लगाउँदा ओलम्पिक खेलाडी रेबेका चेप्टेगीको मृत्यु

फाइल तस्बिर : ओलम्पिक खेलाडी रेबेका चेप्टेगी


नेपालखबर
भदौ २०, २०८१ बिहिबार १४:२४, काठमाडौँ

युगान्डाका अधिकारीहरूले ओलम्पिक खेलाडी रेबेका चेप्टेगीको पेट्रोल आक्रमणमा मृत्यु भएको बताएका छन्।

अधिकारीका अनुसार उनका प्रेमीले पेट्रोल खन्याएर आगो लगाइदिएका हुन्।

३३ वर्षीया म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन्।

आइतबारको आक्रमणमा उनी नराम्ररी जलेको चिकित्सकले बताएका छन्।

उत्तरपश्चिमी केन्याका अधिकारीहरूले रेबेका चर्चबाट फर्किंदै गर्दा आक्रमण भएको बताएका छन्।

रेबेका उत्तरपश्चिमी केन्यामा बस्थिन्। उनले प्रशिक्षण पनि त्यहीँ लिएकी थिइन्।

स्थानीय प्रशासनले दर्ता गरेको मुद्दामा खेलाडी र उनका प्रेमीबीच जग्गा विवाद चलिरहेको आरोप लगाइएको छ। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

युगान्डा एथलेटिक्स फेडरेसनले एक्समा लेखेको छ, ‘आज बिहान हाम्रा एथलीटहरू मध्ये एक रेबेका चेप्टेगीको मृत्यु भएको घोषणा गर्नु अत्यन्तै दुःखको कुरा हो। उनी घरेलु हिंसाको सिकार भइन्। हामी त्यस्ता कार्यको भर्त्सना गर्दछौँ र न्यायको माग गर्दछौँ।’

रेबेकाको मृत्युबारे परिवारले कुनै प्रतिक्रिया नदिए पनि उनलाई भर्ना गरिएको अस्पतालमा उपचार गर्ने डा ओवेन मेनसले अंग फेल भएर मृत्यु भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .