ad ad

खेल


टेस्ट सिरिजमा पाकिस्तानलाई हराउँदै बंगलादेश चौथो स्थानमा उक्लियो

टेस्ट सिरिजमा पाकिस्तानलाई हराउँदै बंगलादेश चौथो स्थानमा उक्लियो

नेपालखबर
भदौ १८, २०८१ मंगलबार २०:३५, काठमाडौँ

मंगलबार भएको टेस्ट सिरिजमा बंगलादेशले पाकिस्तानलाई २–० ले हराएको छ। योसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा उक्लिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिपद् (आईसीसी) ले सोसल मिडिया प्लेटफर्ममार्फत उक्त जानकारी दिएको हो। पहिलो नम्बरमा भारत, दोस्रोमा अस्ट्रेलिया र तेस्रोमा न्युजिल्यान्ड छन्।

बंगलादेशले पाँचौँ दिन ४ विकेट गुमाएर १८५ रनको लक्ष्य पूरा गरेको थियो। चौथो दिनको खेलमा बंगलादेशले ४२ रन बनाएको थियो भने सबै १० विकेट आफ्नो हातमा पारेको थियो।

चौथो दिन भने पाकिस्तानको टोली दोस्रो इनिङ्समा १७२ रनमा अलआउट भएको थियो भने सर्वाधिक अविजित ४७ रन सलमान आगाले र ४३ रन मोहम्मद रिजवानले बनाएका थिए।

बंगलादेशका लागि हसन महमुदले ५ र नाहिद रानाले ४ विकेट लिए भने तस्किन अहमदले १ विकेट लिए।

पहिलो इनिङ्समा १२ रनको अग्रताका आधारमा पाकिस्तानले बंगलादेशलाई १८५ रनको लक्ष्य दिएको थियो।

पहिलो टेस्टमा पाकिस्तानलाई १० विकेटले हराउँदै बंगलादेशले इतिहास रचेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .