ad ad

खेल


पारालिम्पिकमा कास्य पदक विजेता पलेसासहितको तेक्वान्दो टोलीलाई नगर परिक्रमा गराइने

पारालिम्पिकमा कास्य पदक विजेता पलेसासहितको तेक्वान्दो टोलीलाई नगर परिक्रमा गराइने

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १९:६, काठमाडौँ

फ्रान्समा भएको पारालिम्पिक अन्तर्गत तेक्वान्दोमा नेपालका लागि ऐतिहासिक कास्य पदक विजेता पलेसा गोवर्धनसहित तेक्वान्दो टोलीलाई नगर परिक्रमा गराइने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालका लागि ऐतिहासिक कास्य पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगर परिक्रमा गराउने बताएको हो।

नेपाली खेलकुदमा पलेसाले जितेको अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदक विजेता टोलीलाई राखेपले नगर परिक्रमा गर्दै स्वागत गर्ने बताएको हो।

तेक्वान्दो टोली बुधबार बिहान ८ बजे स्वदेश आइपुग्नेछ। तेक्वान्दो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .