ad ad

राजनीति


प्रचण्डबारे टिप्पणी गर्दै ओलीले भने- अस्थिर, गैरजिम्मेवार र अलोकतान्त्रिक

प्रचण्डबारे टिप्पणी गर्दै ओलीले भने- अस्थिर, गैरजिम्मेवार र अलोकतान्त्रिक

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १९:१९, काठमाडौँ

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे पार्टी बैठकमा टिप्पणी गरेका छन्। 

मंगलबार दिउँसो केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा समसामयिक विषयमा ब्रिफिङ गर्दै ओलीले प्रचण्डमा कुनै बदलाव नआएको बताएका हुन्। 

‘प्रचण्डको जहिलेपनि खेल्ने, खेलैखेल खेलेर कहिले को सँग कहिले कोसँग मिलेर सत्ता हत्याउने चरित्रमा कहिल्यै बदलाव आएन,’ प्रधानमन्त्री ओलीले बैठकमा भने। 

उनले प्रचण्डले पनि आफूहरूलाई धोका दिन लागेको थाहा पाएपछि सत्ता परिवर्तन गर्नपरेको पार्टी बैठकमा बताएका थिए।

‘हामीलाई पनि धोका दिन खोज्दै थिए,’ बैठकमा ओलीले राखेको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य कर्ण थापाले नेपालखबरसँग भने। 

प्रचण्डको चरित्रबारे बोल्दै अध्यक्ष ओलीले अस्थिर, गैरजिम्मेवार, चिन्तन र सोचमा परिवर्तन नआएको लगायतका टिप्पणी गरे। 

‘अस्थिर, गैरजिम्मेवार, चिन्तनमा परिवर्तन नआएको, सोचमा परिवर्तन नआएको, लोकतान्त्रिक बन्न नसकेको पात्र हुन्, प्रचण्ड’, बैठकमा ओलीले भनेका थिए। 

उनले नेपाली कांग्रेससँग बनेको गठबन्धन स्थायीत्व र विकासका लागि भएको बताउँदै क्षणिक स्वार्थका लागि नभएको प्रष्ट पारेका थिए। 

उनले वर्तमान सरकार एक वर्षमा परिणाम निकाल्नेगरी लागेको र त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले कांग्रेसलाई समयमै सत्ता हस्तान्तरण गर्ने र एक्लै चुनाव लड्ने कुरामा प्रष्ट हुन पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .