ad ad

खेल


राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित

नेपालखबर
भदौ १६, २०८१ आइतबार २२:२२, काठमाडौँ

गण्डकी गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ।

विश्वविद्यालयका तर्फबाट गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले रु २० हजार नगदसहित उनलाई सम्मान गरेका हुन्।

हालै सम्पन्न सेन्ट्रल एसियन जोन काभा महिला भलिबल लिगमा नेपाललाई रजत पदक दिलाउन सफल राष्ट्रिय टिमका कप्तान शाही गण्डकी विश्वविद्यालयमा स्नातक तह खेलकुद व्यवस्थापन (वीएसएम)मा पहिलो व्याचका छात्रासमेत हुन्। 

उनी हाल छैटौँ सेमेस्टरमा अध्ययनरत छिन्।

कार्यक्रममा मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर सफलता प्राप्त गरेको बतानुहुँदै नेपाली महिला खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनले देशको गौरव बढेको बताए।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले यही अध्ययनरत विद्यार्थीले देशको प्रतिनिधित्व गर्दै गौरव बढाएका खुसी व्यक्त गरे। 

कप्तान शाहीले विश्वविद्यालयले गरेको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताइन्।

उपकुलपति प्राडा नवराज देवकोटाले नेपाली खेलकुदको विकासका लागि स्नातक तहबाटै खेलकुद विषयमा खेलाडीहरूको पहुँच होस् भन्ने उद्देश्यका साथ विएसएम विषयमा अध्यापन सुरु गरेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .