ग्लोबल


सीटी स्क्यानका क्रममा नाबालिगलाई बलात्कार गर्न खोजेको आरोपमा ल्याब टेक्निसियन पक्राउ

सीटी स्क्यानका क्रममा नाबालिगलाई बलात्कार गर्न खोजेको आरोपमा ल्याब टेक्निसियन पक्राउ

नेपालखबर
भदौ १६, २०८१ आइतबार २२:३५, काठमाडौँ

पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।

ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ।

यो घटना शनिबार राति भएको बताइएको छ, त्यसपछि पीडित परिवारले अस्पतालमा हंगामा मच्चाएको छ।

सिटि स्क्यान ल्याबबाट नाबालिग रोएर बाहिर निस्कँदा आरोपितले उनी र उनको परिवारलाई धम्की दिएर प्रहरीमा नजान चेतावनी दिएको परिवारका सदस्यले प्रहरीलाई बताए।

यो घटना सार्वजनिक भएपछि आइतबार बिहानैदेखि विभिन्न राजनीतिक दलका व्यक्तिले अस्पतालमा हंगामा मच्चाएका थिए र आरोपितलाई पक्राउ गर्न माग गरेका थिए।

यसैबीच पश्चिम बङ्गाल प्रहरीले विज्ञप्ति जारी गर्दै आरोपितलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad