ad ad

खेल


चेल्सीको पहिलो जित

चेल्सीको पहिलो जित

नेपालखबर
भदौ ९, २०८१ आइतबार २१:४०, काठमाडौँ

नोनी माडुकेको ह्याट्रिकमा चेल्सीले इङलिस प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ।

आइतबार राति मोलिनक्स स्टेडियममा भएको खेलमा चेल्सीले वुल्भ्सको पोष्टमा आधा दर्जन गोल गर्यो।

चेल्सीले खेलको ९८ सेकेण्डमा नै निकोलस ज्याक्सनको गोलमा सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको २७ औँ मिनेटमा म्याथु कुन्हाको गोलका वुभ्स खेलमा फर्कियो।

तर खेलको ४५ औँ मिनेटमा पाल्मरको गोलमा चेल्सीले पुनः अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा लार्सनको गोलमा वुल्भ फेरि बराबरीमा आएको थियो।

पहिलो हाफ रोमाञ्चक बनेपनि दोस्रो हाफमा भने वुल्भ्सले खेलमा पकड जमाउन सकेन।

चेल्सीका माडुकेले खेलको ४९ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई पुन: अग्रता दिलाए। खेलको ५८ औँ मिनेटमा माडुकेले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि चौथो गोल गरे। ६३ औँ मिनेटमा माडुकेले ह्याट्रिक पूरा गर्दा चेल्सीका लागि पाचौँ गोल गरे।

पाल्मर र माडुकेको जोडी चम्कदा चेल्सीले फराकिलो अग्रता लियो। माडुकेको ह्याट्रिकका तिनै गोलमा पाल्मरले नै पास मिलाइदिएका थिए।

खेलको ८० औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै वुल्भ्सको पोष्टमा चेल्सीले आधा दर्जन गोल गर्यो।

आइतबार राति नै भएको अर्को खेलमा एएफसी बर्नमाउथ र न्युक्यासल युनाइटेडले १–१ को बराबरी गर्दै अंक बाँडे।

पहिलो हाफमा १–० ले पछि परेको न्युक्यासलले दोस्रो हाफमा बराबरी गोल फर्काउँदै अंक खोस्यो।

खेलको ३७ औँ मिनेटमा बर्नमाउथले सुरुवाती अग्रता बनाएको थियो। तर दोस्रो हाफमा न्यु क्यासलले गोल फर्कायो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .