हमासले इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको स्वागत गरेको छ।
हमासले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा इजरायलभित्र गरिएको हमलाको प्रशंसा गरिएको छ। हमासले आक्रमणलाई ‘प्रमुख प्रतिक्रिया’का रूपमा वर्णन गरेको छ।
हमासले वरिष्ठ कमान्डर फाउद शुक्रको हत्यापछि हिजबुल्लाहले गरेको कडा कारबाहीको सराहना गरेको छ।
विज्ञप्तिमा भनिएको छ– प्यालेस्टाइन र लेबनानका जनताविरुद्ध गरिएको आपराधिक कारबाहीलाई छाडिने छैन।
हुथी विद्रोहीले पनि हिजबुल्लाहको कारबाहीलाई समर्थन गरेका छन्। यमनका हुथी विद्रोहीले इजरायलविरुद्ध हिजबुल्लाहले गरेको यो कारबाहीलाई साहसी कदम भनेका छन्।
इजरायलले लेबनानमा हिजबुल्लाहको स्थानलाई लक्ष्य गरी हवाई हमला गरेको छ भने हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ।
यसैबीच इरान समर्थित हुथी विद्रोहीले पनि यमनको एक बन्दरगाहमा इजरायलले गरेको आक्रमणको जवाफमा हमला गर्ने धम्की दिएका छन्।
इजरायलले भने आफ्ना पक्षबाट भएको आक्रमण तेल अभिभमा हुथी विद्रोहीले गरेको ड्रोन हमलाको जवाफ भएको बताएको छ। बीबीसी
Shares

प्रतिक्रिया