खेल


काभामा पदक जितेका खेलाडीलाई नगदसहित सम्मान (तस्बिरहरू)

काभामा पदक जितेका खेलाडीलाई नगदसहित सम्मान (तस्बिरहरू)

सरोज नेपाल
भदौ ८, २०८१ शनिबार २१:३८, काठमाडौँ

नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली टोलीलाई सम्मान गरेको छ।

बबरमहलमा शनिबार एक कार्यक्रम आयोजना गर्दै संघले काभा यु–२० नेपाली महिला भलिबल टोली, नेपालको बिच भलिबल (महिला र पुरुष) टोली र नेपाली सिनियर राष्ट्रिय महिला टोलीलाई नगदसहित सम्मान गरेको हो।

संघले काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक विजेता हरेक नेपाली खेलाडीलाई जनही एक लाख दुई हजार नगद पुरस्कारबाट सम्मान ग¥यो।

गत महिना घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–२ को सेटमा पराजित भएका थियो। 

सोही टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टलाई पनि समान नगद पुरस्कारबाट सम्मानित भए। सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार, फिजियो लोकेन्द्र कुँवर र टिम व्यवस्थापक निलम बज्राचार्य नगद ८२ हजार रुपैयाँबाट सम्मानित भए।

नेपालले भुटानमा गत महिना सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा समान एक स्वर्ण र रजत पदक जितेको थियो।

नेपालको महिला टोली (मनीषा चौधरी र कमला पुन) ले स्वर्ण र पुरुष टोली (मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार) ले रजत पदक जितेका हुन्।

संघले स्वर्ण विजेता महिला टोलीका सदस्यद्वय कमला र मनीषालाई समान ६० हजारसहित सम्मान ग¥यो। पुरुष टोलीले भने जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। 

सोही टोलीका प्रशिक्षक रूपेश बिष्टलाई पनि ४० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको छ। माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोलीका खेलाडी र प्रशिक्षक कुमार राईलाई नगद १५ हजार रुपैयाँ पुरस्कारबाट संघले सम्मान गरेको छ। 

शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, साहाना प्रधान स्मृति फाउण्डेसनकी अध्यक्ष रामकुमारी झाँक्री र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले खेलाडीले सम्मान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad