ad ad

समाज


सिन्धुलीको गोलान्जोरबाट सुनकोसी नदीमा खस्यो हाइलक्स

सिन्धुलीको गोलान्जोरबाट सुनकोसी नदीमा खस्यो हाइलक्स

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८१ शनिबार १९:५०, काठमाडौँ

सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट एउटा हाइलक्स गाडी सुनकोसी नदीमा खसेर बेपत्ता भएको छ। पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको नम्बर नखुलेको डबल क्याप हाइलक्स गाडी सुनकोसी नदीमा खसेर बेपत्ता भएको हो। 

बेपत्ता भएको खबरपछि सशस्त्र प्रहरीको टोली खोजी कार्यका लागि खटिएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस, खुर्कोटबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरसहितको टोली खटिएको बताइएको छ। 

उक्त गाडीमा ४ जना सवार थिए। तीमध्ये १ जनाले सडकमा हाम फालेको र उनी सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। 

अहिले गोताखोरको टोलीले गाडी खोजिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .