पेरिस ओलम्पिकमा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडी स्वदेश फर्केपछि नैतिक जाँचको सामना गरिरहेका छन्।
टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए।
उत्तर कोरियाले उनीहरूलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग कुराकानीसमेत नगर्न निर्देशन दिएको थियो।
तर उत्तर कोरियाली खेलाडीले दक्षिण काेरियाली खेलाडीसँग हाँसेर सेल्फी खिचेपछि उत्तरकाेरियाका अधिकारीहरूलाई विशेष समस्यामा पारेको दक्षिण कोरियाली मिडियालाई उधृत गर्दै बीबीसीले जनाएको छ।
गैरकम्युनिस्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा हो।
336
Shares
प्रतिक्रिया