ad ad

खेल


एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ २८ गते, पुरस्कार रकम बढ्यो

३३ देशका खेलकुद पत्रकार सम्मिलित एसिया कंग्रेस हुने
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ २८ गते, पुरस्कार रकम बढ्यो

नेपालखबर
साउन ३०, २०८१ बुधबार १४:५१, काठमाडौँ

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २१ औँ संस्करण आगामी भदौ अन्तिम साता हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्पोर्टस् अवार्ड भदौ २८ गते हुने जानकारी दिएको हो।

अवार्डअघि एनएसजेएफले एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस) एसिया कंग्रेस पनि आयोजना गर्दैछ। एआइपीएस एसिया कंग्रेस भदौ २५ देखि २८ गतेसम्म हुनेछ। एसिया कंग्रेसमा ३३ देशका खेलकुद पत्रकारको उपस्थिती रहनेछ।

यो वर्षको स्पोर्टस् अवार्डमा १० विधा समावेश गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए।

अवार्डमा वर्षका उत्कृष्ट महिला/पुरुष खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, टिम अफ दि एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिष्ट अवार्ड विधा रहेको छ।

वर्ष महिला/पुरुष खेलाडी, युवा, प्रशिक्षक र पिपुल्स च्वाइसको मनोनयन केही दिनमा नै सार्वजनिक गर्ने खेलाडी छनोट समितिले जनाएको छ।

टिम अफ दि एयर, लाइफटाइम एचिभमेन्ट, स्पेशल, पारा एथलिट र एसियन जर्नालिष्ट अवार्ड कार्यक्रममा नै घोषणा गरिनेछ।

अवार्डमा वर्ष महिला/पुरुष खेलाडी, युवा, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।

अन्य विधाका विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअघि अन्य ५ विधाका विजेताले ५० हजार रुपैयाँ पाउँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .