ad ad

खेल


पेरिस ओलम्पिक : म्याराथनमा सन्तोषी ७९ औँ स्थानमा

पेरिस ओलम्पिक : म्याराथनमा सन्तोषी ७९ औँ स्थानमा

नेपालखबर
साउन २७, २०८१ आइतबार १५:२६, काठमाडौँ

नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ अन्तर्गत म्याराथनमा ७९ औँ स्थानमा रहेकी छिन्। 

आइतबार पेरिस ओलम्पिकको अन्तिम दिन म्याराथनमा सन्तोषीले निर्धारित दुई २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पार गर्दै ७९ औँ स्थानमा रहेकी हुन्। 

कुल ९२ जना प्रतिस्पर्धी रहेको म्याराथनमा नेदरल्यान्डस्की सिफन हसनले स्वर्ण पदक जितेकी छिन्। 

उनले निर्धारित दुई २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितृकी हुन्। हसनले पेरिस ओलम्पिकमा ५ हजार, १० हजार र म्याराथनका तीन विधामा स्पर्धा गरेकी थिइन्। 

म्यारनथमा इथियोपियाका टिग्स्ट हसिफाले रजत र केन्याकी हेलेन ओविरीले कास्य पदक जिते। 

म्याराथनको तयारीका लागि सन्तोषी साउन १५ गते पेरिस पुगेकी थिईन्। १० दिन पेरिसमा नै अभ्यास गरेकी थिइन्। 

यो सँगै ओलम्पिकमा नेपालको सबै चुनौती सकिएको छ। 

ओलम्पिकमा नेपालका ६ खेलाडीले सहभागिता जनाएर फर्किसकेका छन्। ओलम्पिकमा ५ खेलका ६ खेलाडीले नेपालको प्रतिनिधित्व गरेका छन्। 

त्यसमा पौडीका एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए। शाह बाहेक टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .