राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला भलिबल नेसन्स लिगमा दोस्रो भएका खेलाडीहरूलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो।
राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउने छन्।
यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजार नगद पुरस्कार पाउने छन्।
साउन १७ गते देखि २३ गते सम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, मालदिभ्स र भारतलाई पराजित गरेको थियो।
यस्तै, सेमिफाइनलमा इरानलाई पराजित गरि फाइनल पुगेको नेपाली टिम भारतसँग पराजित हुदाँ दोस्रो भएको हो।
प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, इरान र मालदिभ्स सहभागी थिए।
Shares
प्रतिक्रिया