ad ad

कला


म्युजिकल फिल्म ‘प्याकुली’ मा वैदेशिक रोजगारीमा गएका युवाको कथा (भिडिओ)

म्युजिकल फिल्म ‘प्याकुली’ मा वैदेशिक रोजगारीमा गएका युवाको कथा (भिडिओ)

नेपालखबर
साउन २७, २०८१ आइतबार १५:४, काठमाडौँ

वैदेशिक रोजगारीमा गएको युवाको कथामा आधारित म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक भएको छ।

काठमाडौँको सिटिसी मलस्थित सिडिसी सिनेमाजमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा बाबुल गिरीको स्वर सुन्न सकिन्छ। 

आरआर (रामहरी) खड्काको शब्दमा रहेको गीतमा बाबुल गिरीले नै संगीत भरेका छन्। म्युजिकल फिल्ममा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय रहेको छ।

भिडिओलाई नीतिन चन्दले निर्देशन गरेका हुन्। शिशिर गुरुङको निर्माण रहेको भिडिओलाई दिनेश पराजुलीले खिचेका हुन्। 

समाजको कथालाई आफै भोगेर शब्दमा उतारेका आरआर खड्काले म्युजिक भिडिओका मुख्य चरित्र निभाएका छन्। 

‘गाउँ समाजमा घटिरहेको घटनालाई शब्दमा उतारेका छौं। अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन्। कही सत्य घटना पनि होलान्। तर अरूका कुरा सुनेर कुनै कदम नचाल्नुस्। श्रम गर्ने परिवारले कागले कान लग्यो भनेर पछि लाग्ने भन्दा पनि कान छाम्ने गरौं। यो गीतको यही सन्देश हो,’ उनले भने। 

गायक बाबुल गिरीले यो अहिलेसम्मकै फरक खालको उत्कृष्ट गीत भएको बताए। समाजको कथामा चित्रण गरिएको गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ। 

कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेको भन्दा फरक परिवेशमा बनेको गीत उत्कृष्ट भएको बताइन्।

गीत सार्वजनिक समारोहमा निरौलासहित शिवहरि पौडेल, गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउवालगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .