मालदिभ्सलाई पराजित गर्दै श्रीलंकाले काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारको पहिलो खेलमा श्रीलंकाले मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको हो।
केही प्रतिस्पर्धात्मक बनेको पहिलो सेट श्रीलंकाले २५–२२ ले आफ्नो पक्षमा पार्यो। दोस्रो सेट २५–१२ र अन्तिम सेटमा २५–१६ को जित निकाल्दै लिगमा पहिलो जितको स्वाद लिएको हो।
जितसँगै श्रीलंकाले अंक तािलकामा ४ अंक पुर्याएको छ।
मालदिभ्स भने अंक विहिन रुपमा तालिकाको पुछारमा छ।
आजै हुने दोस्रो खेलमा नेपाल र इरान भिड्नेछन्। सो खेल साँझ सवा ५ बजे सुरु हुनेछ। नेपाल लगातार तेस्रो जितको खोजीमा छ।
60
Shares
प्रतिक्रिया