घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स लिगमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध पहिलो सेटमा जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी शनिबारको पहिलो खेलको पहिलो सेटमा नेपालले २५–१८ ले खेल आफ्नो पक्षमा पार्यो।
खेलको सुरुवातबाट नै भारतीय टोलीलाई दबाबमा राखेको नेपालले पहिलो सेटमा जित हात पारेको हो।
नेपालले अब लगातार दुई सेट आफ्नो पक्षमा पारे नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पार्नेछ।
भारतीय टोलीसँगको अहिलेसम्मको खेलमा नेपालले पहिलो पटक पहिलो सेट आफ्नो पक्षमा पारेको हो।
नेपालले यसअघि सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले एक सेट जितेको थियो।
615
Shares
प्रतिक्रिया