पेरिस ओलम्पिकमा उत्तर कोरिया र दक्षिण कोरियाका टेबल टेनिस खेलाडीले सेल्फी खिच्दै गरेको तस्बिरले विश्वव्यापी चर्चा पाएको छ। कतिपयले यसलाई आपसी सद्भावको चिह्नका रुपमा प्रशंसा गरेका छन्।
मिक्स्ड डबल्समा उत्तर कोरियाले रजत र दक्षिण कोरियाले कास्य पदक जितेका थिए। त्यसपछि दक्षिण कोरियाली लिम जोङ हुनले फोन झिकेर तस्बिर खिचे।
कहिलेकाहीँ दुई कोरियाले अन्तर्राष्ट्रिय खेलकुदमा संयुक्त टोली पनि पठाउने गरेको छ। २०१८ को पायोङचाङ हिउँदे ओलम्पिकमा दुवै मुलुकले एकसाथ मार्च गरेका थिए भने महिला आइस हकीमा संयुक्त टोली उतारेका थिए।
तर, पछिल्लो समय दुवै देशबीच तनाव बढ्दै गएपछि संयुक्त खेल गतिविधि बन्द भएको छ।
यसअघि पेरिस ओलम्पिक उद्घाटन समारोहमा आयोजकले दक्षिण कोरियाली खेलाडीहरुलाई जनगणतन्त्र कोरिया भनेर घोषणा गरेका थिए। जबकि त्यो उत्तर कोरियाको औपचारिक नाम हो।
जसका कारण दक्षिण कोरियाका १४३ खेलाडीको परिचय गलत हुन पुगेको थियो।
पछि आयोजकले यसलाई मानवीय गल्ती भन्दै माफी मागेको थियो। एजेन्सी
Shares
प्रतिक्रिया