ad ad

कोशी


एक हजार रोजगारी सिर्जना गर्नेगरी कोसी सरकार र कोषबीच समझदारी

एक हजार रोजगारी सिर्जना गर्नेगरी कोसी सरकार र कोषबीच समझदारी

नेपालखबर
साउन १७, २०८१ बिहिबार १५:४५, काठमाडौँ

निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोसी प्रदेश सरकारबीच बिभिन्न उद्यमशिलता र रोजगारमुलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरेका हुन्।

यो समझदारी पछि कोसी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशिलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने कोषले जनाएको छ।

सर्वशुलभ कर्जा प्रवाह गर्न बैंक तथा बित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ। समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

मुख्यमन्त्री कार्कीले अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा प्रमुख सचिव केदारनाथ शर्माले यो समझदारीले नागरिकका अपेक्षा पुरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ नयाँ काम गर्न सहज हुने बताए।

कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोसी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशिलता बिस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले कोसी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्नेगरी यो समझदारी गरिएको जानकारी दिए।

उनले चाँडै नै रोजगारीका लागी मन्त्रालय तहमा समझदारी गरी अघि बढ्ने बताए।

प्रदेशमा १२ कक्षा उत्तिर्ण करिब एक हजार युवालाई तालीम दिई अनलाइन रोजगारी यसै वर्ष दिने प्रदेश सरकारको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .