ad ad

खेल


काभा नेसन्स लिग आजदेखि: उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

काभा नेसन्स लिग आजदेखि: उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन १७, २०८१ बिहिबार ५:३५, काठमाडौँ

काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले आज (बिहीबार) श्रीलंकाविरुद्ध खेल्दैछ। 

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। 

आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन्। सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ। 

लगातार दोस्रो पटक घरेलु मैदानमा काभा नेसन्स लिग खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ। 

लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ। 

पाँच टोली सहभागी लिगको शीर्ष स्थानमा रहने चार टोलीले सेमिफाइनल खेल्नेछन्। 

पहिलो सेमिफाइनलमा अंक तालिकाको शीर्ष र चौथो स्थानमा रहने टोलीले खेल्नेछन्। दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले स्पर्धा गर्नेछन्। सेमिफाइनल खेल २२ गते मंगलबार हुनेछ। 

सेमिफाइनलको विजेताले फाइनल खेल्दा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। फाइनल खेल साउन २३ गते बुधबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .