खेल


भैरहवाले घोषणा गर्‍यो ३ विदेशी खेलाडी

भैरहवाले घोषणा गर्‍यो ३ विदेशी खेलाडी

नेपालखबर
फागुन १८, २०७६ आइतबार १०:४२,

आगामी चैत्र १ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि भैरहवा ग्लाडियटर्स ले ३ विदेशी खेलाडी सार्वजनिक गरेको छ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै भैरहवाका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले आफू नेपाल आउँदा उत्साहित रहेको बताए। ‘विश्वका धेरै राम्रा खेलाडीहरु आउँदैछन्, त्यसका लागि हामी उत्साहित छाैं। करिब ४ वर्षपछि नेपाल आउँदा खुसी लागेको छ। हाम्रो टोली सन्तुलित छ त्यसैले पनि राम्रो खेल्नेछौं’ उनले भने।

भैरहवाका फाउण्डर आदित्य सांघाइले मुख्य प्रशिक्षक दासानायके पैसाका लागि नभई नेपालसँगको सम्बन्धका कारण नेपाल आएको बताए। भैरहवामा पनि राम्रो विदेशी खेलाडीहरु भएकाले उपाधि जित्ने लक्ष्यमा रहेकाे उनकाे दाबी छ। भैरहवा गत संस्करणको उपविजेता टोली हो।

भैरहवाले यो संस्करण श्रीलंकाका अलराउण्डर जिवन मेंडेस र लेफ्ट ह्याण्ड ब्याट्सम्यान मिलिंडा तथा ओमानका लेफ्ट आर्म फास्ट मिडियम बलर बिलालल खानलाई टोलीमा अनुबन्ध गरेको छ।

श्रीलंकाका जिवन मेंडेसले ५८ ओडिआइमा ६ सय ३७ रन बनाएका छन्। मिलिंडा श्रीवार्दानाले २७ अन्तर्राष्ट्रिय एकदिवसीयमा ५ सय १६ रन बनाएका छन्। ओमाना अनुभवी स्विङ बलर बिलाल खानले हालै काठमाडौमा भएको आइसीसी विश्वकप लिग २ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका थिए। २०१९ को आइसीसी टि–ट्वान्टी विश्वकप छनोटमा सर्वाधिक १८ विकेट लिएका थिए।

भैरहवाले यसअघि वेष्ट इन्डिजका विष्फोटक अलराउण्डर ड्वेन स्मिथलाई टोलीमा अनुबन्ध गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad