ad ad

समाज


चितवनमा भएका २ घटनामा २ जनाकै मृत्यु

चितवनमा भएका २ घटनामा २ जनाकै मृत्यु

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ८:२३, काठमाडौँ

चितवनमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। 

भतरपुर महानगरपालिका- ७ को भित्री सडकमा सवारी दुर्घटना हुँदा स्थानीय ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसैगरी खोलाले बगाउँदा चितवनकै कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको पनि मृत्यु भएको छ। 

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयर खोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेला परेको हो।

भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .