ad ad

खेल


पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १६:११, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीलाई सफलताको शुभकामना बिदाइ गरेका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले खेलाडीहरूलाई बिदाइ गरेका हुन्।  

सो अवसरमा राष्ट्रपति पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए। 

उनले भने, ‘हार र जित खेलको पाटो हो,  ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनुहुनेछ भन्ने आफू आशावादी छु।’

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनु भएका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरे। 

जुलाइ २६ देखि अगष्ट ११ तारिखसम्म फ्रान्सको पेरिस हुने ओलम्पिकमा ६ खेलमा ७ खेलाडीले नेपालको चुनौती पेस गर्नेछन्। 

पेरिस ओलम्किपका टेबल टेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान सहभागी हुँदैछन्।

टेबल टेनिसका स्यान्टु छनोट चरण पार गर्दै पेरिस ओलम्पिक खेल्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .