ad ad

खेल


इंग्ल्यान्डको प्रशिक्षकबाट साउथगेटले दिए राजीनामा

इंग्ल्यान्डको प्रशिक्षकबाट साउथगेटले दिए राजीनामा

ग्यारेथ साउथगेट (गेट्टी)


नेपालखबर
साउन १, २०८१ मंगलबार १७:११, काठमाडौँ

भर्खरै जर्मनीमा सकिएको युरोकपको फाइनलमा स्पेनसँग पराजित भएको दुई दिनपछि इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन्। 

आइतबार राति भएको युरोकपको फाइनलमा इंग्ल्यान्ड स्पेनसँग २–१ गोल अन्तरले पराजित भएको थियो। 

५३ वर्षीय साउथगेटले ८ वर्ष इंग्ल्यान्डमा बिताए। उनले इंग्ल्यान्डका लागि १ सय २ खेल खेलाएका थिए। जहाँ ६१ खेलमा जित, २४ खेलमा बराबरी र १७ खेलमा पराजय भोगेको थियो। 

इंग्ल्यान्ड राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा उनको सम्झौता यो वर्षसम्म थियो। 

मंगलबार राष्ट्रिय टोलीको जिम्मेवारी छाडेसँगै उनले इंग्ल्यान्डबाट खेल्नु र मुख्य प्रशिक्षक हुनु आफ्नो जीवनमा सम्मानको कुरा रहेको बताएका छन्। 

उनले भने, ‘यो मेरा लागि सबैथोक हो तर यो समय परिवर्तनको हो र नयाँ सुरुवातको पनि।’ 

इंग्ल्यान्ड फुटबल एसोसिएसनका चिफ एक्जुकेटिभ मार्क बलिङघमले आफूहरुले छिट्टै नयाँ मुख्य प्रशिक्षकको घोषणा गर्ने बताएका छन्।

इंग्ल्यान्डले अब रिपब्लिक अफ आयरल्यान्डविरुद्ध सेप्टेम्बर ७ मा नेसन्स लिग खेल्दै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .