ad ad

खेल


काभा महिला यू–२०: नेपालले पहिलो खेल श्रीलंकाविरुद्ध खेल्ने

काभा महिला यू–२०: नेपालले पहिलो खेल श्रीलंकाविरुद्ध खेल्ने

नेपालखबर
असार २५, २०८१ मंगलबार १२:३३, काठमाडौँ

नेपाली युवा महिला भलिबल टोलीले माल्दिभ्सको मालेमा हुने काभा महिला यू–२० च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकाविरुद्ध खेल्ने भएको छ। 

साउन ३ गते हुने दिनको दोस्रो खेलमा नेपालले राति सवा ९ बजे खेल्ने तालिका छ। 

आगामी साउन ३ गतेदेखि हुने च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक मालदिभ्स र कीर्गिस्तान खेल्नेछन्। 

राउण्ड रोविनको दोस्रो खेलमा नेपालले साउन ४ गते कीर्गिस्तानसँग खेल्नेछ। सो खेल राति साढे ८ बजे हुनेछ। अन्तिम खेलमा साउन ५ गते बिहिबार आयोजक मालदिभ्ससँग अपरान्ह ४ बजे खेल्ने तालिका छ। 

च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, किर्गिस्तान र श्रीलंका रहेका छन्। राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो स्थानमा रहने टोली र दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछ। यसको विजेताले फाइनल खेल्नेछन्। 

काभाका लागि नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त छ। नेपाली टोली अर्को साता मालदिभ्स प्रस्थान गर्नेछ। 

अन्तिम टोली
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .