आईसीसी टी–२० विश्वकपको फाइनलमा ब्याटिङ गरिरहेको भारतले तेस्रो विकेट पनि गुमाएको छ। पाचौँ ओभरको खेल चलिरहँदा भारतका सूर्यकुमार यादव ३ रन बनाएर आउट भएका हुन्।
खेलको दोस्रो ओभरमा कप्तान रोहित शर्मा र विकेट किपर रिसभ पन्त आउट भएका थिए।
कप्तान शर्माले ५ बल खेल्दै ९ रन बनाए। तर, पन्तले भने खाता खोल्न सकेनन्।
आईसीसी टी–२० प्रतियोगिताको कुनैपनि फाइनलमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्। विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित टोलीका रुपमा फाइनल खेल्न लागेका हुन्।
भारत सन् २००७ पछि विश्वकपको उपाधि उचाल्न आतुर छ।
पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका नयाँ इतिहास रच्न चाहन्छ।
654
Shares
प्रतिक्रिया