ad ad

खेल


फाइनल पुग्न भारत-इङ्ल्यान्ड भिड्नुअघि गुएनामा पर्न थाल्यो पानी, खेल रोकिए के हुन्छ नतिजा?

फाइनल पुग्न भारत-इङ्ल्यान्ड भिड्नुअघि गुएनामा पर्न थाल्यो पानी, खेल रोकिए के हुन्छ नतिजा?

फाइल तस्बिर : गुएनाको प्रोभिडेन्स स्टेडियम।


नेपालखबर
असार १३, २०८१ बिहिबार १४:२०, काठमाडौँ

जारी टी–२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज (बिहीबार) गुएनाको प्रोभिडेन्स स्टेडियममा भारत र इङ्ग्ल्यान्ड भिड्दै छन्।

तर गुएनामा अहिले पानी परिरहेको छ। त्यहाँ अहिले रातको ३ बजेको छ। त्यहाँको समयानुसार सेमिफाइनल खेल बिहान १०:३० बजे सुरु हुने छ। 

खेलको समयमा पनि गुएनामा वर्षाको सम्भावना ७५ प्रतिशत छ भने त्यहाँ कुनै रिजर्भ डे छैन। वर्षाका कारण खेल हुन सकेन भने के हुन्छ?

खेल नभएमा भारत सुपर-८ मा समूहको शीर्ष स्थानमा रहेकाले सिधै फाइनलमा पुग्ने छ भने इङ्ल्यान्ड आफ्नो समूहमा दोस्रो स्थानमा रहेकाले पराजित हुनेछ। 

सेमिफाइनलका लागि रिजर्भ डे नभए पनि दुवै टिमलाई दिएको करिब साढे ४ घण्टा समय जोड्दा खेल साँझ ६ देखि ७ बजेसम्ममा पूरा हुनुपर्ने छ। यसको अर्थ खेलका लागि दिनभर कुर्न सकिने छ। बीचबीचमा वर्षा रोकियो भने पनि खेल कुनै न कुनै रूपमा टुंगिन सक्छ।

कुनै पनि टी-२० खेलमा वर्षा भएमा डीएलएस मेथडको प्रयोग गरेर नतिजा निकालिन्छ। यस्तो अवस्थामा कम्तीमा ५/५ ओभरको खेल हुनुपर्ने नियम छ। तर आईसीसीका अनुसार टी-२० विश्वकपको सेमिफाइनल र फाइनलमा डीएलएसको प्रयोग गर्न कम्तीमा १०/१० ओभरको खेल हुनु पर्नेछ।

अर्थात् आजको खेल कम्तीमा १०/१० ओभरको हुनैपर्ने छ। एक इनिङको १० ओभर फाल्न ४५ देखि ५५ मिनेट समय लाग्छ। यस्तोमा १०/१० ओभरको खेल पूरा हुन २ घण्टा पर्याप्त हुन्छ। त्यसैले दिनभरमा २ घण्टा खेल हुन पाए पनि सेमिफाइनल पूरा हुने छ।

मौसम वेबसाइट एक्यूवेदरका अनुसार गुएनामा आज दिनभर पानी पर्ने सम्भवना ७० प्रतिशत छ। त्यहाँ बिहान ९ बजे ४० प्रतिशत, १० बजे ६६ प्रतिशत , ११ बजे ७५ प्रतिशत तथा १२ बजे ५० प्रतिशत वर्षाको सम्भावना छ। 

अर्थात् खेल सुरु हुने समयमा वर्षाको सम्भावना छ। तर दिन ढल्दै जाँदा वर्षा कम हुने छ। अर्थात् १ बजेदेखि वर्षाको सम्भावना ३४ देखि ४० प्रतिशतसम्म छ। तर ५० प्रतिशतभन्दा तल वर्षाको सम्भावना देखिए वर्षा नहुन पनि सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .