ad ad

खेल


टी२० विश्वकप : अपराजित भारतलाई साबिक विजेता इंग्ल्यान्डको चुनौती (प्रिभ्यु)

टी२० विश्वकप : अपराजित भारतलाई साबिक विजेता इंग्ल्यान्डको चुनौती (प्रिभ्यु)

नेपालखबर
असार १३, २०८१ बिहिबार १३:२८, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अपराजित भारतले दुई पटकको विश्व च्याम्पियन तथा साबिक विजेता इंग्ल्यान्डको सामना गर्दै छ। 

गुयानाको नेशनल स्टेडियममा हुने दोस्रो सेमिफाइनल खेल बिहीबार राति सवा ८ बजे सुरु हुनेछ। भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्नेछन्। इंग्ल्यान्डको नेतृत्व भने जोस बटलरले गर्नेछन्। 

विश्वकपको सुपर ८ मा भारत समूह १ को विजेताको रुपमा सेमिफाइनल पुगेको हो। इंग्ल्यान्ड भने समूह २ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। 

सन् २००७ पछि विश्वकपको उपाधि उचाल्न आतुर भारत जारी विश्वकपमा अपराजित छ। 

उता इंग्ल्यान्ड भने तेस्रो पटक विश्वकप जित्दै नयाँ इतिहास रच्न चाहन्छ। विश्वकपको नवौँ संस्करणसम्म आइपुग्दा कुनै पनि टोलीले तीन पटक विश्वकपको उपाधि उचाल्न पाएका छैनन्। इंग्ल्यान्ड यो पटक त्यो कीर्तिमान आफ्नो नाममा गर्ने योजनामा छ। तर इंग्ल्यान्डको यो सपना भारतले सहजै पूरा गर्न दिने पक्षमा छैन। 

सन् २०२६ को विश्वकप आयोजना गर्न कस्सिएको भारत नयाँ इतिहास रच्ने दाउमा छ। सन् २०२६ को विश्वकप भारत र श्रीलंकामा हुँदै छ।

त्यसैले पनि घरेलु मैदानमा हुने विश्वकपको दशौँ संस्करणमा भारत विश्व विजेताको रुपमा खेल्न लालायित छ। 

विश्वकपको पहिलो संस्करणमा नै उपाधि उचालेको भारत त्यसपछि दुई संस्करण सेमिफाइनल पुगे पनि फाइनलसम्म पुग्न भने सकेन। 

सन् २००७ मा विश्वकप जितेपछि भारत सन् २००९, २०१० र २०१२ मा दोस्रो चरणबाट नै बाहिरियो। सन् २०१४ मा उपविजेता बनेको भारत सन् २०१६ को विश्वकप आयोजना गर्दा भने  सेमिफाइनलमै रोकियो। 

सन् २०२१ मा दोस्रो चरणबाट बाहिरिएको भारत २०२२ मा भने सेमिफाइनलसम्म पुगेको थियो। जारी विश्वकपमा अपराजित भारत यही लयलाई निरन्तरता दिँदै फाइनल खेल्न चाहन्छ। 

सुपर ८ मा भारतले अस्टे«लियालाई २४ रनले तथा बंगलादेशलाई ५० रनले हराएको थियो। अर्को खेलमा अफगानिस्तानमाथि ४७ रनको जित निकालेको थियो। 

समूह चरणमा भारतले आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्दा पाकिस्तानलाई भने ६ रनले हराएको थियो। 

अर्को खेलमा आयोजक अमेरिकालाई ७ विकेटले हराउँदा क्यानडाविरुद्धको खेल वर्षाले रद्द भयो र अंक बाँडेको थियो। 

भारतलाई रोक्दै उपाधिनजिक पुग्ने इंग्ल्यान्डको दाउ
दुई पटकको विश्वविजेता इंग्ल्यान्ड भारतलाई सेमिफाइनल मै रोक्दै चौथो पटक उपाधि नजिक पुग्न चाहन्छ। 

सन् २०१० र २०२२ को विश्वकप च्याम्पियन इंग्ल्यान्ड तेस्रो पटक उपाधिमाथि कब्जा गर्न चाहन्छ। विश्वकपको पहिलो र दोस्रो संस्करण दोस्रो चरणबाटै बाहिरिएको इंग्ल्यान्ड तेस्रो पटक च्याम्पियन बनेको थियो। 

सन् २०१२ र २०१४ मा पनि दोस्रो चरणबाटै बाहिरिएको इंग्ल्यान्ड सन् २०१६ मा ने उपविजेतामा सीमित बनेको थियो। २०२१ मा सेमिफाइनमा नै रोकिएको इंग्ल्यान्ड २०२२ मा भने च्याम्पियन बनेको थियो। 

साविक विजेता समेत रहेको इंग्ल्यान्ड लगातार दोस्रो पटक विश्वकपको उपाधि रक्षा गर्न चाहन्छ। 

सुपर ८ मा इंग्ल्यान्डले विश्वकपका दुवै आयोजकलाई हराएको थियो। आयोजक अमेरिकामाथि १० विकेटको सानदार जित दर्ता गर्दा अर्को खेलमा अर्को वेस्ट इन्डिजलाई ८ विकेटले पाखा लगाएको थियो। 

सुपर ८ कै अर्को खेलमा दक्षिण अफ्रिकासँग ७ रनले पराजित हुन पुग्यो। 

समूह चरणमा भने नामिबियालाई डीएलएस मेथडमा ४१ रनले तथा ओमानलाई ८ विकेटले हराएको थियो। 

अर्को खेलमा अस्टे«लियालाई ३६ रनले हराउँदा स्कटल्यान्डविरुद्धको खेल भने वर्षाले रद्द हुँदा अंक बाँडेको थियो। 

भारतविरुद्ध जस बटलर र फिल साल्ट नायक बन्न सक्नेछन्। आदिल रासिद र जोफ्रा आर्चरको बलिङले भारनीय टोली केही समस्यामा पर्न सक्नेछ। 

यता कप्ता रोहित शर्मा र सूर्यकुमार यादव भारतका लागि आक्रामक देखिँदै आएका छन्। अर्शदीप सिंह र कुलदिप यादवको जादु इंग्ल्यान्डविरुद्ध चल्न सक्नेछ। 

हेड टु हेडमा भारत हावी 
टी–२० आई का पछिल्ला ५ भेटलाई हेर्ने हो भने इंग्ल्यान्डमाथि भारतीय टोली हावी देखिएको छ। तर पछिल्ला दुई खेलमा भारतलाई लगातार पराजित गरेको इंग्ल्यान्ड सोही लयलाई कायम राख्न चाहन्छ। 

यी दुई टोली २ वर्षपछि आमनेसामने हुन लागेका हुन्। सन् २०२२ मा मात्र यी दुई टोली चार पटक भिडेका थिए। 

पछिल्लो पटक सन् २०२२ मा भएको भेटमा इंग्ल्यान्डले भारतमाथि १० विकेटको सानदार जित निकालेको थियो। अर्को खेलमा भने १७ रनको जित निकालेको थियो। 

२०२२ मै भएको भेटमा भारतले ४९ र अर्को खेलमा ५० रनको जित निकालेको थियो। सन् २०२१ मा भएको भेटमा भारतले ३६ रनको जित निकालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .