ad ad

खेल


मिड भ्याली एसएस कलेजको एसईई फ़ुटसल टुर्नामेन्ट, विजेतालाई नगदसहित छात्रवृत्ति

मिड भ्याली एसएस कलेजको एसईई फ़ुटसल टुर्नामेन्ट, विजेतालाई नगदसहित छात्रवृत्ति

नेपालखबर
असार १३, २०८१ बिहिबार ११:३७, काठमाडौँ

भक्तपुरको नयाँ थिमिमा रहेको मिड भ्याली एसएस कलेजले एसईई उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै मिड भ्याली एसईई फ़ुट्सल टुर्नामेन्ट २०८१ को आयोजना गर्ने भएको छ।

कलेज प्रशासनका अनुसार सो टुर्नामेन्टका लागि नाम दर्ता सुरू भइसकेको छ। एसईई दिएर बसेका सम्पूर्ण विद्यार्थीहरुले उक्त टुर्नामेन्टमा सहभागिता जनाउन सक्नेछन्। नाम दर्ता गर्नका लागि एसईईको प्रवेशपत्र अनिवार्य गरिएको छ।

सो टुर्नामेन्टमा प्रथम हुनेले नगद पुरस्कार १५ हजार रुपैयाँ र सोही कलेजमा अध्ययन गर्दा मासिक शुल्कमा १०० प्रतिशत छात्रवृत्ति, दोस्रो हुनेले नगद पुरस्कार १० हजार रुपैयाँ र मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृत्ति पाउनेछन्। त्यसैगरी तेस्रो हुनेले नगद पुरस्कार ५ हजार रुपैयाँ र मासिक शुल्कमा ५० प्रतिशत छात्रवृत्ति पाउने कलेजले जनाएको छ।

इच्छुक विद्यार्थीले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। यो नम्बर ०१-५९२१२०४, ९८०२३७१७३०, ९८०२३७१७३१ मार्फत थप जानकारी प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .