ad ad

खेल


फाइनल पुग्न दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य

फाइनल पुग्न दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य

नेपालखबर
असार १३, २०८१ बिहिबार ७:३०, काठमाडौँ

आईसीसी टी-२० विश्वकपको फाइनलमा पुग्न दक्षिण अफ्रिकाले ५७ रनको झिनो लक्ष्य पाएको छ। 

ब्रायन लारा स्टेडियममा जारी पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो। 

यो विश्वकपको इतिहासमा पहिलोपटक सेमिफाइनलमा बनेको कम योगफल हो। 

समूह चरण र सुपर ८ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको अफगानिस्तान दक्षिण अफ्रिकाको घातक बलिङसामु लामो समय क्रिजमा टिक्न सकेन। 

अजमतुल्लाह ओमरजाइले बनाएको १० रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

अफगानिस्तानका ४ ब्याटर बोल्ड आउट भए। तीन ब्याटर क्याच आउट र तीन खेलाडी एलबीडब्लु आउट भए। 

अफगानिस्तानलाई कम स्कोरमा रोक्न मार्को जोसनले ३ विकेट लिए।

कागिसो रवाडा, एनरिच नोर्टेज र तबरैज साम्सीले समान २ विकेट लिए। 

अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको हो भने दक्षिण अफ्रिकाले तेस्रोपटक।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .