ad ad

समाज


कावासोतीमा चट्याङले लागेर ४६ वर्षीया महिलाको मृत्यु

कावासोतीमा चट्याङले लागेर ४६ वर्षीया महिलाको मृत्यु

नेपालखबर
असार १३, २०८१ बिहिबार ७:४७, नवलपरासी पूर्व

पूर्वी नवलपरासी कावासोतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।  

बुधबार दिउँसो कावासोती १४ अग्यौलीका बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा चट्याङले लाग्दा स्थानीय दिलकुमारी थरुनी गम्भीर घाइते भएकी थिइन्।

उनलाई मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार गरेर थप उपचारका लागि चितवन भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .