ad ad

खेल


कप्तान रोहितसहित नेपालका यी ३ खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने

सन्दीप र दीपेन्द्र एकै क्लबबाट
कप्तान रोहितसहित नेपालका यी ३ खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने

नेपालखबर
असार ८, २०८१ शनिबार १३:५१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन लिग ग्लोबल टी-२० खेल्ने भएका छन्। 

दीपेन्द्र र सन्दीपले एकै क्लबबाट खेल्नेछन्।

शनिबार बिहान भएको ड्राफ्टमा सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले किनेका हुन्। 

दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्सबाट खेल्दै उपाधि जितेका थिए। 

सन्दीप र दीपेन्द्र रहेको क्लबमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवानलगायत छन्। 

रोहितले भने पहिलोपटक फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।

रोहित टोरन्टो नेसनल्समा अनुबन्ध भएका हुन्। 

नेपाल क्रिकेट स‌ंघ (क्यान) ले खेलाडीहरूलाई बधाई तथा शुभकामना दिएको छ। 

ग्लोबल टी-२० लिग जुलाई २५ मा सुरु हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .