ad ad

खेल


युरो कप २०२४ : क्रिस्टियानो रोनाल्डोले कायम गरे अर्को कीर्तिमान

युरो कप २०२४ : क्रिस्टियानो रोनाल्डोले कायम गरे अर्को कीर्तिमान

नेपालखबर
असार ५, २०८१ बुधबार ६:५३, काठमाडौँ

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२४ मा अर्को कीर्तिमान आफ्नो नाममा गरेका छन्। 

गएराति भएको चेक रिपब्लिकविरुद्धको खेलमा रोनाल्डोले युरोकपको ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बन्दै कीर्तिमानको चाङ बढाएका हुन्। 

युरोकपको पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध रोनाल्डोले कीर्तिमान कायम गरेका हुन्। 

३९ वर्षिय रोनाल्डोले देशका लागि २ सय ९ कीर्तिमानी खेल खेल्दै १ सय ३० गोल गरेका छन्। 

गएरातिको खेलमा रोनाल्डो गोलविहिन बनेपनि चेक रिपब्लिकमाथि २–१ को जित हात पारेको छ।  अल नासारका फरवार्ड रोनाल्डोले साउदी प्रो लिगमा मा ३१ खेलमा ३५ गोल गरेका थिए।
 

पोर्चुगलका लागि दुई दशकमा रोनाल्डोले कीर्तिमानी प्रर्दशन गर्दै आइरहेका छन्। सन् २००४ को युरोकपमा डेब्यु गरेका रोनाल्डोले २६ खेलमा १४ गोल गरेका छन्। उनी पाँच युरोकपमा गोल गर्नै एक्ला खेलाडी समेत हुन्। सन् २००४ मा ग्रिसविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। 

उनले खेलेका युरोकप छनोटका सबै संस्करणमा ४१ गोल गरेका रोनाल्डोलाई कुनै खेलाडीले भेट्न सकेका छैनन्। सन् २०२४ को युरोकप छनोटको ९ खेलमा रोनाल्डोले १० गोल गरेका थिए। छनोटमा बेल्जियमका रोमेलु लुकाकुलेमा १४ गोल गरेका थिए। 

रोनाल्डोले सन् २००४, २००८, २०१२, २०१६, २०२१ र २०२४ को युरोकप खेलेका छन्। स्पेनका पूर्व कप्तान इकर कासिलासले सन् २०००, २००४, २००८, २०१२ र २०१४ मा गरि पाँच पटक युरो कप खेल्ने टोलीम थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .