ad ad

समाज


काभ्रेमा बोलेरोले ठक्कर दिँदा ८४ वर्षका वृद्धको मृत्यु

काभ्रेमा बोलेरोले ठक्कर दिँदा ८४ वर्षका वृद्धको मृत्यु

नेपालखबर
असार ५, २०८१ बुधबार ७:५, काभ्रे

काभ्रेको नमोबुद्धमा गाडीले ठक्कर दिँदा ८४ वर्षका एक वृद्धको मृत्यु भएको छ। 

मंगलबार राति पौने १० बजे बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका ७ भकुण्डेस्थित बुद्धचोकमा भकुण्डेबाट काभ्रेकै कटुन्जेतर्फ जाँदै गरेको बा १० च २४९६ नम्बको बोलेरो गाडीले ठककर दिँदा उनको मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्थानीय शेरबहादुर लामा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा राति ११ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो।  

दुर्घटनापछि लामालाई ठक्कर दिने बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .