ad ad

खेल


युरोकपमा आज २ खेल, अर्को इतिहास बनाउँदै रोनाल्डो

युरोकपमा आज २ खेल, अर्को इतिहास बनाउँदै रोनाल्डो

नेपालखबर
असार ४, २०८१ मंगलबार १५:६, काठमाडौँ

युरोकपमा आज दुई खेल हुँदै छन्। ग्रुप एफमा रहेका टोलीहरुको पहिलो खेल हुनलागेको हो। 

यसअनुसार टर्कीले जर्जियाको सामना गर्दै छ भने पोर्चुगलले चेक रिपब्लिकसँग खेलेर युरोकपमा सुरुवात गर्दै छ। 

टर्की र जर्जियाको खेल नेपाली समयअनुसार मंगलबार राति पौने १० बजे र पोर्चुगल र चेक रिपब्लिकबीचको खेल राति पौने १ बजे हुनेछ।  

टर्की र जर्जियाका पछिल्ला ५ खेलमध्ये ३ खेल टर्कीले जितेको छ। 

यता चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगल र चेक रिपब्लिकबीच युरोकपमा सन् १९९६ यता यो चौथो भेट हुनेछ। 

त्यसबेला पोर्चुगलमाथि हावी भएको चेक सन् २००८ मा ३–१ ले र २०१२ मा १–०ले पराजित भएको थियो। दुवैपटक रोनाल्डोले गोल गरेका थिए।

रोनाल्डोले यो खेल खेल्दा छ पटक युरोकपमा खेल्ने पहिलो खेलाडी बन्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .