ad ad

खेल


जितका लागि नेपाललाई १०७ रनको लक्ष्य

जितका लागि नेपाललाई १०७ रनको लक्ष्य

नेपालखबर
असार ३, २०८१ सोमबार ६:५९, काठमाडौँ

आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी समूह डीको खेलमा बंगलादेशले नेपालसामु जितका लागि १ सय ७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। 

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बलअगावै १ सय ६ रन बनाउँदा अलआउट भयो। 

बंगालदेशका लागि सकिब अल हसनले बनाएको १७ रन नै सर्वाधिक रह्यो। महम्मदुल्लाह र रिसद हुसैनले समान १३ रन बनाए। जाकर अलीले १२ र लिटोन दासले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालले सुरुवातदेखि नै बंगलादेशलाई दबाबमा राखेको छ। नेपाली बलरहरु घातक बन्दा सुपर ८ मा पुग्न नेपाललाई जित्नै पर्ने दबाबमा रहेको बगंली टोलीका ब्याटरहरु नेपाली बलरसामु लामो समय क्रिजमा टिक्न सकेका छैनन्। 

तीव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमै विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए। 

सोमपालले नै पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए। 

मोहम्मदुल्लाह नवौँ ओभरको अन्तिम बलमा रन आउट भए। १३ रन बनाएका उनलाई सन्दीप लामिछानेको बलमा गुल्सन झाले रन आउट गराए। 

कप्तान रोहितले १२औँ ओभरको चौथो बलमा सकिब हल हसनलाई १७ रन बनाउँदा एलबीडब्लु धरापमा पारे। 

यसअघि पाचौँ ओभरको चौथो बलमा कप्तान रोहित पौडेलले ९ रन बनाएका तोहिद ह्दोयलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए। 

सन्दीप लामिछानेले चौधौँ ओभरको दोस्रो बलमा तान्जिमलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाएका हुन्। तान्जिम अल हसनलाई बोल्ड आउट गर्दै सन्दीपले टी–२० आईमा ९९ विकेट लिएका हुन्। सन्दीपले १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिर्दै टी–२० आईमा १ सय विकेट पूरा गरे। 

टी-२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने सन्दीप विश्वका दोस्रो खेलाडी हुन्। यसअघि रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए। सन्दीपले यो कीर्तिमान ५४ औँ खेलमा आएर पूरा गरे। नेपालका लागि भने १ सय विकेट लिने सन्दीप पहिलो खेलाडी हुन्। 

अठारौँ ओभरको पहिलो बलमा रिसद हुसैनलाई १३ रन बनाउँला क्याच आउट गरे। उनले नै अन्तिम ओभरको तेस्रो बलमा मुस्ताफीजुर रहमानलाई रन आउट बनाउँदै बंगलादेशलाई अलआउट गरेका हुन्। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। सोमपाल कामी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .