ad ad

खेल


सन्दीपलाई टी-२० आईमा १०० विकेट

सन्दीपलाई टी-२० आईमा १०० विकेट

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८१ सोमबार ६:४०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आईमा एक सय विकेटको कोशेढुंगा पार गरेका छन्। 

वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिँदै सय विकेट पूरा गरेका हुन्। 

टी-२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने सन्दीप विश्वका दोस्रो खेलाडी हुन्। यसअघि रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए। सन्दीपले यो कीर्तिमान ५४ औँ खेलमा आएर पूरा गरे। 

नेपालका लागि भने सय विकेट लिने सन्दीप पहिलो खेलाडी हुन्। 

यसअघि सन्दीपले नै चौधौँ ओभरको दोस्रो बलमा तान्जिम अल हसनलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाए। 

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले १६ ओभरकोे खेल जारी रहँदा ८ विकेट गुमाएर ७५ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .